देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसमा देउवाविरुद्ध शेखर समूहको खबरदारी भेला

0

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर रहेको शेखर कोइराला समूहले सोमबार खबरदारी भेला आयोजना गरेको छ।

सभापति शेरबहादुर देउवाले पार्टी र भ्रातृ संगठनमा एकलौटी गरेको भन्दै शेखर कोइराला समूहले सोमबार दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुमप फुडल्यान्डमा खबरदारी भेला आयोजना गरेको हो।

नेपाली कांग्रेसको भ्रातृ संस्थाहरुमा गरिएको एकाधिकार पूर्ण निर्णय र अबको बाटो नारासहित आयोजित खबरदारी सभामा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

पार्टीभित्र सल्लाह नगरी एकलौटी नियुक्त गरिएको भन्दै कांग्रेसमा संस्थापन इतर समूह असन्तुष्ट छ।सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्ष विद्धान गुरुङ नियुक्त गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार