देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘काँग्रेसमा रुपान्तरित नेतृत्वको आवश्यकता छ’ – नेता पौडेल

0

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरित नेतृत्वको आवश्यकता रहेको बताएका छन्।

नेपाली काँग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व. मिरा अधिकारी लामाको शोक सभालाई शनिबार सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको नवलपुरमा सम्बोधन गर्दै उनले कांग्रेसलाई विकृति र विसंगतिबाट मुक्ति दिनका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताएका हुन् ।

गाउँपालिका उपाध्यक्ष स्वर्गिय लामाप्रती श्रद्दाञ्जली प्रकट गर्दै उनले जनताहरूको कांग्रेसप्रतिको भरोसा जीवन्त राख्न जरुरी रहेको बताए । गणतन्त्र र संघीयताको पहरेदारको रूपमा नेपाली कांग्रेस प्रतिबद्ध हुनुपर्नेमा पौडेलले जोड दिएका थिए ।

‘पार्टी अहिले १४ औं महाधिवेशनको संघारमा छ। हामीले कांग्रेसलाई रुपान्तरण गर्नुछ। कांग्रेसलाई विकृति विसंगति मुक्त गर्नु छ। जनताको गुनासोबाट मुक्त गर्नुछ,’ गाउँपालिकाको भवनमा आयोजित सभामा पौडेलले भने, ‘भोलिको आम चुनावमा नेपाली कांग्रेसलाई देशभरी सफल बनाउन सक्ने पार्टी बनाउन यो १४ औं महाधिवेशन सफल हुनेछ भन्ने विश्वास दिलाउँछु।’

श्रद्धान्जली सभामा नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापती एवं स्वर्गिय लामाका श्रीमान बिकास लामा, उप सभापती शिव सुनार, पुर्व सभापती भुपेन्द्र थापा,कांग्रेस क्षेत्रीय सभापति आइतमान तामाङ, गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङ लगायतका काँग्रेस नेताहरुले उपाध्यक्ष मिरा अधिकारी लामाको योगदानको चर्चा गर्दै स्व. लामाप्रती श्रद्दाञ्जली प्रकट गरेका थिए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार