देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसले माफी माग्नुपर्छ – सांसद सापकोटा

0

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेसले माफी माग्नुपर्ने बताएका छन् ।

काँग्रेसले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेकोले माफी माग्नुपर्ने बताएका हुन् ।

संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सापकोटाले काँग्रेसले असंसदीय व्यवहारदेखाएको भन्दै माफी माग्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले सभ्य हुन आग्रह गर्दा काँग्रेस सांसदहरू दुर्व्यवहारमा उत्रिएका र सभामुखको बाटो छेकेर दुर्व्यवहार गरिएको उनको भनाइ छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार