देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस उप-सभापतिमा उठ्ने महेश आचार्यको घोषणा

0

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले काँग्रेसको आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै नेता आचार्यले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताए।

पुर्व अर्थमन्त्री समेत रहेका आचार्यले कांग्रेस वैचारिक हिसाबले विचारशून्य बन्दै गएको, सैद्धान्तिक-वैचारिक छलफल हुन छोडेकोले कार्यकर्तामा विचलन आउने खतरा बढ्दै गएको बताए।

‘पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हावी भयो, सैद्धान्तिम-वैचारिक छलफल हुन छोड्यो,’ पूर्वमन्त्री आचार्यले भने।

उनले त्यस्तो वैचारिक हिसाबले कांग्रेसलाई अगाडि बढाउने सभापति को? भन्ने प्रश्नमा भने, ‘सभापति जो भए पनि म उहाँलाई कन्भिन्स गरेर अघि बढ्छु।’

पार्टिको शैदान्तिक विचलनलाई विधि विधान र पद्दति अनुसार सञ्चालन गर्न तथा नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न  आफु उप सभापती बन्न लागेको उनको भनाई थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार