देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस केन्द्रिय सहमहामन्त्री उठ्दै बिकास लामा

0

काठमाडौं – नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन्।

कांग्रेसको संस्थापन इतरपक्षका नेता लामाले आरक्षण कोटामा पर्ने जनजातितर्फको केन्द्रीय सहमहामन्त्रीमा शेखर कोइरालाको प्यानलबाट उम्मेद्वारी दिएका हुन्।

सभापती शेखर कोइराला रहेको प्यानलमा उप सभापतीमा धनराज गुरुङ्ग र चन्द्र भण्डारी महामन्त्रीङ्गँ डा. मिनेन्द्र रिजाल र गगन थापा सहमहामन्त्रीमा जिवन परियार, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी, विकास लामा, देवराज चालिसे, बद्रि पाण्डे, र शेख वकिल रहेका छन् ।

आफूसँग राम्रो कांग्रेस बनाउने योजना रहेको दाबी गर्दै लामाले भने ‘१४ औं  महाअधिवेशनमा मेरो उम्मेदवारी (जनजाति तर्फ) केन्द्रीय सहमहामन्त्रीमा  रहेकोछ,’। आफुले त्यतिकै हचुवाको भरमा नभइ योजना सहित मैदानमा उत्रिएको बताउँदै लामाले भने  ‘कांग्रेसलाई देशकै नम्बर वान पार्टी बनाउने योजनासहित म चुनावी मैदानमा आएकोछु,’।

लामाले विगत देखिनै सभापति शेरबहादुर देउवाको एकलौटीविरुद्ध संस्थापन इतरका जिल्ला सभापतिहरुको भेलामा  सक्रिय रुपमा नेतृत्व गर्दै आएका छन्।

May be an image of 1 person and text that says "राष्ट्रियता लोकटनना समाजवाद नेपाली कांग्रेस 98 औ महाधिवेशन व्यवहारमै कांग्रेसमा रुपान्तरण मेरो अभियान! नेपाली कांग्रेस औ महाधिवेशन सबे अदने देश, सबैलाई जोइने कांग्रेस विकाश लामा सह-महामन्त्री (जनजाती तर्फ) पदका उम्मेदवार सम्पर्क: ९5४१०२२७४४, ९5५११२२७५ तपाईको साथ, सहयोग र अमुल्य मतको अपेक्षा राखेको"

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार