देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस केन्द्रिय सदस्य भैसकेका ढुङ्गना नेबिसंघ अध्यक्ष कायमै ?

0

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले आफूलाई अझै नेबिसंघ अध्यक्षको रुपमा प्रस्तुत गरेका छन् । उनले नेपाल विद्यार्थी संघको अध्यक्षका रुपमा आफूलाई प्रस्तुत गरेर पार्टी केन्द्रिय सदस्यको अवमुल्यन गरेका छन् ।

काँग्रेसको विधानको धारा ४२ ले भातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भातृ संघको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ ।

ढुंगानाले विधान अनुसार काँग्रेस केन्द्रीय सदस्य पदको सपथ लिइसकेपनि नेविसंघको अध्यक्षका रुपमा आफूलाई प्रस्तुत गर्न छाडेका छैनन्

ढुंगानाले देशमा क्रियाशील सात विद्यार्थी संगठनहरुको संयुक्त बैठकपछि मेडिकल कलेजको शुल्कसम्बन्धी विषयमा विज्ञप्ति जारी गर्दा नेविसंघ अध्यक्षका रुपमा हस्ताक्षर गरेपछी यो बिसयले चर्चा पाएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार