देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस गगन थापाको घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित

0

काठमाडौं – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ जनालाई नियुक्त गरिएको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन गरेको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा आइतबार १९ जना मनोनित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार मनोनित सदस्यहरुमा किरण यादव, फखरुदीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा. लोचन कार्की, श्याम पटेल, सुवास अधिकारी,कृष्णप्रसाद तिमिल्सीना, निलकण्ठ शर्मा, विभुषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरी रहेका छन्।

यसअघि केन्द्रीय सदस्य आरजु राणासहित २८ जना थप गरिएको गरिएको थियो। यससँगै घोषणापत्र समिति ४० सदस्यीय पुगेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार