देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसका केन्द्रीय सदस्यलाई कोरोना पुष्टि, केन्द्रीय समिति बैठक अनिश्चित

0

काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ७० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा केसी, थापा, शम्भुलाल श्रेष्ठसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ ।

यसैगरी नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय समितिको बैठक अघि कांग्रेसले गरेको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो।

‘मलाई कोरोना पुष्टि भएको छ,’ मध्यबिन्दु अनलाइनसँग कुरा गर्दै थापाले भने, ‘मलाई कुनै लक्षण देखिएको छैन।मेरो स्वास्थ्य सामान्य छ ।’

केन्द्रीय समिति बैठकअघि बिहीबार कांग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २७० जनाको कोरोना परीक्षण गरिएको थियो। यीमध्ये अझै केहीको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार