देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस पदाधिकारि तथा पुर्व पदाधिकारीको बैठक शनिबार बस्ने

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक शनिबार बस्ने भएको छ । आगामी असोज १९ गते बोलाइएको केन्द्रिय कार्यसमिति बैठकको तयारीस्वरुप  यो बैठक बस्न लागेको एक नेताले बताए ।

ति नेताका अनुसार केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने भएकोले उक्त एजेण्डामा सकेसम्म सहमति जुटाउने प्रयास स्वरुप शनिबार बैठक डाकिएको हो । यस पटक बैठकमा खुलेर छलफल हुने र कार्यविधी तथा कार्यतालिकामा सहमतिका साथ अघि बढ्ने निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी पनि कांग्रेसले गरेको छ । त्यस्तैनेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार