देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस प्रदेश २ अधिवेशन – संस्थापन विरुद्ध कोईराला निधि फेरि एकै ठाउँमा

0

काठमाडौं – कांग्रेसको १४औँ महाधिवेशनपछि प्रदेश २ मा हुन लागेको प्रदेश अधिवेशनमा नयाँ समीकरण बनेको छ । प्रदेश २ को अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेता शेखर कोइराला र विमलेन्द्र निधिले समीकरण बनाएका हुन् ।

प्रदेश २ नेतृत्वका लागि कोइराला–निधी समुहले रामसरोज यादवलाई अगाडि सारेरको छ । यादब निधी निकट नेता हुन् । महाधिवेशनमा सभापतिको मतपरिणाम सार्वजनिक भएलगत्तै कोइराला समूहका नेताहरू चन्द्र भण्डारी नवनिर्वाचित महामन्त्री गगन थापा निधीसँग प्रदेश २ को समिकरणबारे छलफल गर्न उनकै निवास पुगेका थिए ।

सभापति देउवा संस्थापन पक्षले कृष्ण यादवलाई अगाडि सारेको छ । संस्थापन पक्षकाम नेताहरू गृहमन्त्री समेत रहेका बालकृष्ण खाण,सहमहामन्त्री महेन्द्र यादव,केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदयशमशेर राणा, आनन्द ढुंगाना रमेश रिजाल सहितका नेताहरू यादवलाई विजयी बनाउन दौडधुपमा लागेका छन् ।

प्रदेश २ मा आन्तरिक विवादका कारण बाँकी रहेको प्रदेश अधिबेशन राष्ट्रिय सभाको उपनिर्वाचनभन्दा अगाडि नै सकाउनुपर्ने भएकाले कांग्रेसले प्रदेश २ मा अधिवेशन गर्न लागेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार