देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस बागमती प्रदेशको पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणामसहित)

0

काठमाडौं – नेपाली काँग्रेस बागमती प्रदेशको पदाधिकारीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

बागमती प्रदेश सभापतिमा संस्थापन समूहका ईन्द्र बानियाँ विजयी भएको घोषणा गरिएपनि पदाधिकारीका अन्य पदको मतगणना सोमबार अबेरबाट सुरु गरिएको थियो ।

मंगलबार राती सम्पन्न मतगणनाअनुसार उपसभापतिको दुई पदमा चन्द्र महर्जन र मोहन बस्नेत विजयी भएका छन् । बस्नेत देउवा समूहका हुन् भने महर्जन पौडेल समूहका हुन् । महर्जन १०३७ मतका साथ विजयी भएका हुन् भने बस्नेतले १०५९ मत पाए ।

यसैगरी महामन्त्रीमा कञ्चनचन्द्र बादे र राजु श्रेष्ठ विजयी हुँदा महिलातर्फको सहमहामन्त्रीमा जीवन डंगोल विजयी भइन् । यस्तै खुलातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए ।

कस्ले कति मत पाए ?

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार