देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस भरतपुरका ५० जना कार्यकर्ताद्वारा सामूहिक राजीनामा

0

काठमाडौं – नेपाली काँग्रेस भरतपुर महानगरपालिका ५० जना कार्यकर्ताले पार्टीबाट राजीनामा गरेका छन्।

सत्तारुढ नेपाली कांग्रेसमा माओवादीकरण भएकाे भन्दै महानगर-१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका हुन्।

स्थानीय अगुवा प्रकाश कँडेलको अग्रसरतामा उनीहरुले शनिबार एक औपचारीक कार्यक्रमबीच पार्टीबाट राजीनामा घोषणा गरेका हुन्।

कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए। पूर्ववडाध्यक्ष देवनारायण महतो, वडाका पूर्वसभापति विष्णु सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको उनले बताए। पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए।

भरतपुर महानगरको मेयरको उम्मेदवार नेकपा माओवादी केन्द्रलाई नछाड्न नेपाली कांग्रेस भरतपुरका नेता तथा कार्यकर्ताले शीर्ष नेतृत्वलाई दबाब दिँदै आएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार