देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस र एमालेबिच लोकतान्त्रिक गठबन्धन निर्माणबारे छलफल

0

काठमाडौं – नेपाली कांग्रेस र नेकपा (एमाले) बीच लोकतान्त्रिक गठबन्धन निर्माणबारे छलफल भएको छ।

सत्तारुढ गठबन्धनमा तीव्र विवाद बढीरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू बीच शुक्रबार साँझ बालकोटस्थित ओली निवासमा नयाँ गठबन्धन बनाउने विषयमा छलफल भएको हो।

बैठकमा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रका लागि लडेका शक्तिहरू एक ठाउँमा आउनु पर्ने विषयमा छलफल गरेको जानकारी दिए।

“लोकतन्त्रका लागि सबैभन्दा बढी संघर्ष गरेका र निर्णायक भूमिका खेलेका कांग्रेस र एमाले बीच न्यूनतम समझदारी चाहिन्छ,। त्यसो नहुँदा देशमा विभिन्न समस्या सिर्जना हुनसक्छन् त्यस्तो समझदारी कसरी हुनसक्छ ? भन्ने विषयमा छलफल भयो” ज्ञवालीले भने ।

उनले भने “अस्थिर र अराजक पात्रहरूले देशको राजनीतिलाई निरन्तर दुषित गरिरहेका छन्। त्यसबाट राजनीतिलाई कसरी सफा गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो।”

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि लोकतन्त्रका लागि लडेका दलहरू एक ठाउँमा आउनुपर्ने विषयमा छलफल भएको बताए।

छलफलमा प्रधानमन्त्री देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चार मन्त्री कार्की, एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव ज्ञवाली सहभागी थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार