देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

0

काठमाडौं – नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनको बिहीबार सम्पन्न मतगणना अनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् । साहले एक हजार १८६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी शत्रुद्यन यादवले १ हजार ७७ मत प्राप्त गरेका थिए ।

पटक-पटक स्थगित हुँदै आएको कांग्रेस सप्तरीको निर्वाचन गत मंगलबार भएको थियो । कुल २ हजार ५ सय ३५ मतदाता रहेकोमा २ हजार ३ सय ४२ जनाले मतदान गरेका थिए ।

बिहीबार बिहानबाट सभापति पदको मतगणना सुरु भएको थियो । अब पदाधिकारीको मतगणना गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार