देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस सह-महामन्त्रीमा नेता बस्नेतको उम्मेदवारी

0

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र रुपमा बढेको छ ।

महाधिवेशन उदघाटन हुन तीन दिन बाँकी छ हुँदा नेताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

यसैक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सुचना तथा सञ्चार मन्त्री मन्त्री मोहनबहादुर बस्नेतले केन्द्रिय सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता बस्नेत नेपाली कांग्रेसको खेलकुद विभाग प्रमुख, विपद व्यवस्थापन समिति संयोजक तथा महाधिवेशन आयोजकतर्फ स्वास्थ्य समितिका संयोजकसमेत हुन् ।

सिन्धुपाल्चोकमा बाढीपहिरो पीडित, भूकम्पीडित तथा कोरोना महामारीका बेला बस्नेतले राहत वितरणदेखि विकास निर्माणमा उल्लेख्य योगदान गर्दै आएका छन् । कोरोना महामारीका बेला कोरोना पिडितलाई रगत अभाव हुन नदिन नेता बस्नेतले नेपाली कांग्रेसको खेलकुद विभाग मार्फत देशैभरवाट रगत संकलन गरेर उपचारमा सघाएका थिए ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वाशपात्र मानिने बस्नेतकै कारण बाग्मती प्रदेशमा संस्थापन पक्षको पकड बलियो बनेको बताइन्छ ।

यसपटक पदाधिकारीमा पदाधिकारीमा आएर कांग्रेसको संगठन सशक्त बनाउने उद्देश्यले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको नेता बस्नेतको भनाई छ ।

कांग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री (खस–आर्य, महिला, मधेसी, मुस्लिम, थारू, दलित र पिछडिएको क्षेत्रबाट एक–एकजना) गरी १३ जना पदाधिकारी निर्वाचित भएर आउने छन्।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार