देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह पार्टीको १४ औं महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन् । मंगलबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा उनी पराजित भएका हुन् ।

पुरुष खुलाबाट महाधिवेशन प्रतिनिधिका लागि भिडेका सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का सांसद सिंहले २४८ मतमात्र पाएका थिए ।

उनले सभापति शेरबहादुर देउवाले वडा अधिवेशनदेखि नै हस्तक्षेप गरेको आरोप लगाउँदै आएका थिए । उनी संस्थापन इतरमा रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

माओवादी शान्ति प्रक्रियामा आउँदा मनोनयनमा परेर सांसद बनेका सिंह पहिलो संविधान सभाको चुनावमा महन्थ ठाकुरसँग पराजित भएका थिए ।

उनी दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार