देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस सिन्धुपाल्चोकका दुइवटै क्षेत्रको सभापतीमा पुरानै अनुहार

0

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकको क्षेत्रीय अधिवेशनबाट दुवै क्षेत्रमा पुरानै अनुहार दोहारिएका छन् । यस अघि पनि आ-आफ्नो निर्वाचन क्षेत्रको नेतृत्व गरिसकेका निवर्तमान क्षेत्रिय सभापतीहरुनै यस पटकको अधिवेशनमा समेत निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसको शनिबार भएको क्षेत्रीय निर्वाचनको नतिजा आइतबार विहान मात्रै सार्वजनिक भएको हो । नतिजा अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ को सभापतीमा बालकृष्ण बस्नेत र २ को सभापतिमा आइतमान तामाङ निर्वाचित भएका छन् ।

क्षेत्र न १ का सभापति बस्नेत ७३० मतसहित विजयी भएका हुन् उनका प्रतिद्वन्द्वी तीर्थ लामाले २४३  मत प्राप्तगरेका थिए  । क्षेत्र १ को सचिवमा भने सञ्चबीर तामाङ र कृष्णप्रसाद आचार्य विजयी भएका छन् भने सहसचिवमा सुजन पौडेल र अजय तामाङ विजयी भएका छन् ।

सोही क्षेत्रको सदस्यहरुमा भने निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की थापा, हिरा बहादुर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ निर्वाचित भएका छन् । बस्नेत पार्टीभित्र देउवा समुहका हुन् ।

त्यस्तै क्षेत्र न २ का सभापति तामाङले प्रत्याशी कृष्णकुमार तामाङलाई पराजित गर्दै १८६ मतको अन्तरले विजयी भएको नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ । विजयी तामाङले ५१७ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्वन्द्वी कृष्णकुमार तामाङले ३३१ मत मात्र प्राप्त गरेका थिए ।

क्षेत्र न २ को सचिवमा केशव श्रेष्ठ, विष्णु घोरासैनी विजयी छन् भने सहसचिवमा दीपकुमार तामाङ र कृष्ण मुरारी चौलागाँइ विजयी भएका छन्। सदस्यहरुमा शुशिला लामिछाने, बुद्धि बहादुर तामाङ, शम्भुप्रसाद कोइराला, साइला तामाङ र तामा माझी निर्वाचित भएका छन् । तामाङ भने पौडेल समुहका नेता हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार