देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन फागुन २७ र २८ गते हुने

0

काठमाडौं – यसअघी पटक-पटक अधिबेशनको मिति तय हुँदै र सर्दै आएको नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन यहि फागुन २७ र २८ गते हुने भएको छ ।

शनिबार नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालय बानेश्वरमा बसेको काँग्रेस सिन्धुपाल्चोकका शिर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा आगामी फागुन २६ गते उम्मेदवारी दर्ता संगै अन्तिम नामावली प्रकाशित गर्ने र २७ गते मतदान गर्ने सहमती भएको कांग्रेसका जिल्ला सह-सचिब अनुप न्यौपानेले बताए ।

न्यौपानेका अनुसार निर्वाचन अधिकृत देवबहादुर महतको समन्वयमा बसेको बैठकमा नेता बस्नेत, जिल्ला सभापति बिकाश लामा, बागमती प्रदेश सह-महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह-सचिब अनुप न्यौपाने, इन्द्रावती गाउँ पालिका अध्यक्ष बंशलाल लामा, क्षेत्र नं. २ का सचिब केशव श्रेष्ठ, प्रदेश प्रतिनिधि रामेश्वर आचार्य र नेविसंघ क्षेत्र नं. २ का अध्यक्ष दिपेश राज खनाल उपस्थित थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार