देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘काँग्रेस सुख्खा परेको बाँझो खेत, प्रचण्ड हजार जिब्रा भएका शेषनाग’ – ओली

0

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई ‘सुख्खा परेको बाँझो खेत’को संज्ञा दिएका छन् ।

एमाले मोरङले बुधबार रंगेलीमा आयोजना गरेको ‘तराई मधेस बृहत् जनसभा’मा अध्यक्ष ओलीले कांग्रेस सुख्खा परेको बाँझो खेत भएकाले केही नउम्रिने टिप्पणी गरेका हुन् । ‘कांग्रेसको बुढो रुख बिस्तारै ढल्दैछ अब हरियो हुनेवाला छैन,’ उनले भने, ‘तर बुढो रुख बचाउन निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्ने निर्णय गरेको छ ।’

यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हजार जिब्रा भएको शेषनागको संज्ञा दिए । ‘पुष्पकमल दाहाल दुई जिब्रे होइन, हजार जिब्रा भएका शेष नाग हुन्,’ उनले भने, ‘बिहानदेखि रातिसम्मै उनको छिनछिनमा फरक फरक कुरा हुन्छ ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रमा भएको चुनाव चिह्न हरियो रङ बनाउने निर्णयको ओलीले विरोध गर्दै आएका छन् । तर चुनाव चिह्नमा हरियो रङ राख्दैमा कांग्रेसको रुख हरियो नहुने उनले टिप्पणी गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार