देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसका बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने

0

काठमाडौँ – नेपाली कांग्रेसका बाँकी रहेका १६ जिल्लाको जिल्ला अधिवेशन यहि पुस २७ गते हुने भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले ती जिल्लाको अधिवेशन पुस २७ गते सम्पन्न गर्ने निर्णय गरेको सचिव केशव रिजालले जानकारी दिए ।

अधिवेशन पुस २७ गते हुने जिल्लाहरुमा सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर रहेका छन् ।

यसअघि क्रियाशील सदस्यताको विवादका कारण ती जिल्लाको अधिवेशन समयमै हुन सकेको थिएन । बाँकी ६१ जिल्लामा अधिवेशन पूरा भएर सात प्रदेश र केन्द्रीय महाधिवेशन समेत सम्पन्न भइसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार