देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसकै नेतृत्वमा सरकार बनाउन देउवालाई सिटौलाको सुझाव

0

सुनसरी – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न पार्टीका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

सुनसरीमा बुधबार भएको अगुवा कार्यकर्ता भेलामा बोलेका उनले तीन दलसँग सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सभापति देउवालाई भनिसकेको बताए ।

सिटौलाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाधलीरहित बनाउनका लागि भएपनि कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिदैं अहिलेको सरकारले जनतालाई राहत दिनुको सट्टा दुःख दिने काम मात्र गरेको आरोप लगाए ।

किसानको नाममा ठूलाठूला भाषण गरेको भए पनि अहिलेको सरकार किसानको समस्याप्रति उदासिन देखिएको उल्लेख गर्दै उनले अहिले साना किसानका लागि खाद्यमल, सिँचाइ, बीउबिजनको समस्या रहेकाले यसतर्फ सरकार सम्वेदनशील हुनुपर्ने बताए ।

सिटौलाले कोरोना महामारीका बेलामा नेपाल तथा देशभन्दा बाहिर रहेका श्रमिकको समस्या समाधान गर्नका लागि कांग्रेसले पटक–पटक आग्रह गर्दा पनि सरकार यसप्रति गम्भीर नभएको आरोप लगाए । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार