देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको एउटा पदमा हारेको व्यक्ति फेरि अर्को पदमा उम्मेदवार बन्न नपाउने

0

काठमाडौं – नेपाली कांग्रेसको एउटा पदमा हारेको व्यक्तिले त्यहि अधिवेशन फेरि अर्को पदमा उम्मेदवार बन्न नपाउने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले एउटा पदमा हारेको व्यक्तिले अर्को पदमा उम्मेदवार बन्न नपाउने निर्णय गरिएको निर्वाचन समितिका सचिव केवश रिजालले जानकारी दिए।

केन्द्रीय निर्वाचन समितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५९ को व्यवस्था र सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सो भन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार हुन नमिल्ने।’

क्षेत्रीय प्रतिनिधिको उम्मेदवारीको हकमा भने छुट दिइएको छ। ‘महाधिवेशन प्रतिनिधिको उम्मेदवार भई पराजित भएको क्षेत्रीय प्रतिनिधिले एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिको सभापति बाहेक अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उम्मेदवार बन्न सक्नेछ,’ निर्णयमा भनिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार