देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक आज बस्दै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यसमितिको बैठक बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागि हुनेछन्।

१३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको सम्भवत यो अन्तिम बैठक हो। बैठक पार्टीको महाधिवेशनको तयारी र महाधिवेशनमा लैजाने एजेण्डाका विषयमा पनि छलफलमा केन्द्रित रहने उनको भनाई छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार