देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद आज टुङ्गीदै

0

काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद आज टुङ्ग्याउने तयारी गरेको छ । पार्टीका शीर्ष नेताहरूले समझदारी कायम गरेर विवादलाई टुङ्ग्याउने भएका हुन्।

रसुवा, सिन्धुपाल्चोकसँगै धनुषा निर्वाचन क्षेत्र नम्बर ४, सर्लाही निर्वाचन क्षेत्र नम्बर २, बारा र सप्तरीमा क्रियाशील सदस्यताबारे विवाद छ।

कार्यतालिकाअनुसार १२ साउनदेखि वडा तह र १६ साउनदेखि पालिका तहको निर्वाचन गर्नुपर्नेमा दुवै तहको निर्वाचन भएन। जसको मूल कारण क्रियाशील सदस्यता नटुङ्गिनु नै हो। यसले गर्दा १६ भदौदेखि गर्ने भनिएको महाधिवेशन सर्ने निश्चित भएको छ।

विधानतः कांग्रेसको १४ औं महाधिवेशन २०७६ फागुनमा हुनुपर्ने हो। तर, भएन। त्यसपछि विशेष परिस्थितिमा एक वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानको आधारमा २०७७ फागुनमा हुनुपर्नेमा नभएसँगै कांग्रेस संविधानअनुसार ६ महिनासम्ममा महाधिवेशन गर्नुपर्ने अवस्थामा छ। त्यो भनेको आगामी भदौभित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यतामा कांग्रेस छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार