देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको घोषणापत्र तयारी समितिमा थपिए २८ सदस्य

0

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनित गरेका छन् ।

काँग्रेस महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवा समेत मनोनित भएकी छन् ।

यसैगरी समितिमा थग गरिएका सदस्यमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, नेपालगञ्ज उपमहानगरकी उपमेयरकी उमा थापा मगर, चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजवाल, निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँण, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, दिप्रुङ चुइचम्पा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई रहेका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार