देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको चुनावी अभियान तत्काललाई स्थगित हुने

0

काठमाडौँ – नेपाली कांग्रेसको चुनावलक्षित संगठन सुदृढीकरण अभियान तत्काललाई स्थगित हुने भएको छ ।

अमेरिकी सहयोग नियोग एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने सन्दर्भमा पार्टीको अभियानको तयारी पूरा नभएको भन्दै अभियान स्थगित हुन लागेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिले फागुन २० गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेकोमा अभियानको तयारी नपुगेका कारण तत्काललाई अभियान स्थगित गर्ने तयारी गरिएको एक पदाधिकारीले जानकारी दिए ।

उनले भने ‘अहिले तत्काललाई अभियान स्थगित गर्नुपर्ने अवस्था बनेको छ । अभियानको राम्रो तयारी गरेरमात्रै अघि बढ्नुपर्ने अवस्था छ ।स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अभियान चलाइने भएकोले अभियानको मिति तलमाथि हुने भएको छ ।’

कांग्रेसले फागुन २० देखि चैत्र २० गतेसम्म ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार