देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले गरेका तीन निर्णय

0

काठमाडौं – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बिहीबार बसेको बैठकले विभिन्‍न तीनवटा निर्णयहरु गरेको छ।

पार्टीका उपसभापतिसमेत रहेका समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बिहीबार बसेको बैठकले प्रदेशलगायत विभिन्‍न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय गरेको छ।

त्यसैगरी विभिन्‍न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्य सम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्ब गठन गर्न बैठकले निर्देशन गर्ने निर्णय गरेको छ।

त्यस्तै आवश्यक जिम्मेवारी बाँडफाँट गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार