देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार (आज) बस्दै छ । कांग्रेसले सरकारविरूद्ध देशव्यापी प्रदर्शनको रणनीति तय गर्न बिहीबार पदाधिकारी बैठक बोलाएको हो ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकले २९ गतेको प्रदर्शन र १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न बैठक बोलाइएको सहमहामन्त्री प्रकाशरण महतले जानकारी दिए ।

यसअघिको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरको थियो । जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रबाट प्रतिनिधि पठाउने रनपठाउनेबारे पनि बैठकले निर्णय गर्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार