देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको महाधिबेशन नभए त्यसको जिम्मा धर्नामा बस्ने समुहले लिनुपर्छ – दुर्लभ थापा

0

काठमाडौं – नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापती दुर्लभ थापाले कांग्रेसको महाधिबेशन नभए त्यसको जिम्मा धर्नामा बस्ने समुहले लिनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस सुचना सञ्चार तथा प्रचार विभागको नियमित कार्यक्रम छहारी संवादमा कुरा गर्दै सभापती थापाले अधिबेशनको मुखमा आएर धर्ना लगाएतका कार्यक्रम गर्नु महाधिबेशन नगर्ने नियत रहेको बताएका छन् ।

विधानमै नभएको बिषयहरु उठान गरेर धर्ना गरेर बस्नु जग हँसाइ मात्रै भएको बताउँदै नेता थापाले प्राकृतिक विपत्ती र कोरोना महामारी बाहेक कुनैपनी वहानामा अधिबेशन नरोकिने बताए ।

“अरु जिल्लामा के कसो हुन्छ सबै जिल्लाको जिम्मा त म लिन सक्दिन तर केन्द्रिय प्रतिनिधी भक्तपुरमा आएपछी म अधिबेशन गराउँछु ।” उनले भने “आफुले क्रियाशिल सदस्य वितरणमा कुनै बदमासी गरेकोले अरुमाथी शंका गरेर धर्ना बसेको हुनसक्छ ।”

“धर्नामा बसेका साथिहरुलाई कांग्रेस सभापतीहरुकव बदनाम नगरी तुरुन्त धर्ना कार्यक्रम स्थगित गरेर अधिबेशनमा लाग्न आग्रह गर्दछु ।” थापाले भने “केहि सभापतीहरुको दुईबर्षे कार्यकाल सकिएकोले आफ्नो स्थान सुरक्षीत गर्न उनिहरु धर्नामा बसेको हुनसक्छ ।”

कांग्रेस संस्थापन इतरका अधिकांश सभापतीहरु विगत चारदिनदेखी क्रियाशिल सदस्यता सार्वजनिक लगायतका तिनबुँदे माग राखेर कांग्रेस केन्द्रिय कार्यालयमा धर्नामा छन् । उनिहरुको मागप्रती कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल नेताहरु प्रकाशमान सिंह अर्जुन नरसिंह केसी डा शेखर कोइराला गगन थापा लगायतले ऐक्यवद्धता जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार