देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कांग्रेसको मुल प्रवाहमा फर्किनुस्, हामी लड्छौं’ – शेखर कोइराला

0

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनको टिकट वितरणमा पार्टीले  न्याय गर्न नसकेको बताएका छन्।

टिकट वितरणका लागि मापदण्ड बनाएर अघि बढ्न केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा नेतृत्वको ध्यानाकर्षण गरे पनि नसुनिएको र अहिले वितरणमा न्याय नभएको शेखरले दुखेसो पोखेका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै कोइरालाले भनेका छन्, ‘तर दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन।’

‘जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन्। कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ,’ कोइरालाले भनेका छन्, ‘ती साथीहरुलाई कांग्रेसको मुल प्रवाहमा फर्कन म आग्रह गर्दछु।’

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितताको कुराहरु पनि सार्वजनिक भइरहेको भन्दै कोइरालाले त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरुले भोगिरहेको उल्लेख गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार