देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित

0

काठमाडौं – सत्तारुढ दल कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ। कांग्रेस केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस कार्यक्रम गर्ने कार्यतालिका स्थगित गरेको हो।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले मंगलबार पत्रकार सम्मेलन गरी समुदायमा फैलिएका बाढी पहिरो, डेंगी, आँखा पाक्ने रोगलगायतका कारणले अर्को निर्णय नभएसम्मका लागि कार्यक्रम स्थगित भएको बताएका हुन्।

त्यस्तै उनले पुरानो सदस्यता नवीकरणसँगै नयाँ सदस्य थप गर्ने कार्यलाई प्राथमिकता दिएको जानकारी गराए। विश्वकर्माले पार्टीको सदस्यता अनलाइन प्रणालीमार्फत लिन सकिने पनि बताए।

‘नेपाली कांग्रेसको सदस्यता पार्टीको वेबसाइटमार्फत अनलाइन प्रक्रियाबाट लिन सकिने कुरा सबै तहमा जानकारी गराइ पार्टीको भ्रातृ संघ र शुभेच्छुक संस्थाको विभिन्न तहमा रहेका सदस्य र हालसम्म कुनै पनि पार्टीमा आबद्ध नभएका व्यक्तिलाई सदस्यलाई कांग्रेसको सदस्य बन्न प्रेरित गर्ने’ उनले भने।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार