देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको सर्कुलर- चुनावी भाषण एक घन्टा, वक्ता जम्मा दुई जना

0

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय चुनावको प्रचारप्रसारका कार्यक्रममा नेताका भाषणलाई धेरै समय खर्च नगर्न सर्कुलर पठाएको छ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोल र वडामा एकेक घन्टा र पालिकास्तरका कार्यक्रममा दुई घन्टाभित्र भाषण सक्नुपर्ने सर्कुलर जारी गरेको हो ।

कांग्रेसले चुनावी प्रचारका सभामा सभापति, प्रमुख अतिथि, गठबन्धन रहेका दलका प्रतिनिधि, उम्मदेवारलाई आसनग्रहण र अरूलाई सामूहिक आसनग्रहण गराउन भनिएको छ।

यस्तै कांग्रेसले चुनावी सभाका कार्यक्रमको ढाँचासमेत पठाएको छ। जसमा आसन ग्रहण, स्वागत मन्तव्य, राष्ट्रिय गान, मौनधारण, दुई वक्ताको मन्तव्य, सदस्यता वितरण र सभा विसर्जन ढाँचामा कार्यक्रम चलाउनुपर्नेछ।

चुनावी सभा गर्दा आचारसंहिता उलंङ्घन नगर्न पनि कांग्रेसको निर्देशन छ।‘मञ्चमा ब्याच वितरण नगर्ने, चुनाव चिन्ह भएको टोपी, टिसर्ट, गम्छालगायत सामग्री प्रयोग नगर्ने’ सर्कुलरमा निर्देशन दिइएको छ।

गठबन्धनमा रहेका दलसँग तालमेल नभएका सभामा मात्रै पार्टी सदस्यता वितरण गर्नुपर्ने पनि कांग्रेसको निर्देशन छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार