देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि पौष १ गते गर्न प्रस्ताव

0

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि हुनेगरी  नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबारको बैठकले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो ।

निर्वाचन समितिले कात्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ। कात्तिक ३० गते बाँकी रहेका पालिकामा अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन,  मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सात वटै प्रदेशको अधिवेशन, मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्नका लागि प्रस्ताव गरिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका हुन्।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीर्ष नेताहरुसँग छलफलपछि मंसिरभित्रै केन्द्रीय महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यहीअनुसार निर्वाचन समितिले बुधबारै छलफल गरेर तयारी अघि बढाएको हो।

कांग्रेसले १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन गरिसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्मको अधिवेशन भइसकेको छ। बाँकीमध्ये १३ जिल्लामा वडा अधिवेशन भएको छैन।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार