देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसद्वारा संसदको अधिवेशन बोलाउन माग

0

काठमाडौं – नेपाली कांग्रेसले सत्ता र शक्तिको भागबण्डालाई लिएर आन्तरिक कलहमा डुवेको सरकारसमक्ष संघीय संसदको नियमित अधिवेशन बोलाउन माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसदको नियमित बैठक बोलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जनाए ।

बैठकले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद् सम्वन्धी कानून परिवर्तन गर्ने गरी ल्याइएको अध्यादेश लोकतान्त्रिक मुल्य र मान्यताबिपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको छ ।

परिषद् बैठकमा पेश गरिने एजेण्डाका विषयमा जानकारी नदिने, परामर्श र छलफल नगर्ने तथा कार्यविधि अनुसार ४८ घण्टाअघि खबर समेत नगर्ने एवम् एकलौटी रुपमा संवैधानिक निकायमा आफू निकटका पार्टी कार्यकर्तालाई भर्ती गर्ने प्रधानमन्त्री ओलीको योजनाप्रति परिषद सदस्यले नै आपत्ति जनाएका छन् ।

कांग्रेस संसदीय दलले विशेष अधिवेशन निश्चित विषयमा छलफ गरी टुंगोमा पुर्याउनको लागि मात्र केन्द्रीत हुने भएकाले विशेष महाधिवेशन नभइ नियमित अधिवेशन बोलाउन माग गरेको छ ।

आगामी हिउँदे अधिवेशनमा उपसभामुखको निर्वाचन सम्वन्धी कार्यसूची नल्याएमा सदनको कारबाही अघि बढ्न नदिने पक्षमा कांग्रेस पुगेको हो । यसअघि कांग्रेस सांसद तथा यूवा नेता गगनकुमार थापाले उपसभामुखको निर्वाचन नभएसम्म सदन चल्न नदिने र अध्यादेश फिर्ता नलिएसम्म परिषद् बैठकमा दलका नेता तथा सभापति देउवा जान नहुने भन्दै सामाजिक संजालमार्फत आव्हान गरेका थिए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार