देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसद्वारा संसदमा कोरोना बारे ध्यानाकर्षण प्रस्ताव दर्ता

0

(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदको प्रतिनिधिसभा संसदमा कोरोना बारे ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ ।

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नदेखिएको भन्दै कांग्रेसले बुधबार ध्यानाकर्षण प्रस्ताव दर्ता गरेका हुन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल गौतम र सांसद गगन थापाले सो प्रस्ताव दर्ता गरेका हुन् ।

कोरोनाको संक्रमण रोकथाम नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा सरकारको तर्फबाट गरेका काम र तयारीका सम्बन्धमा सदनलाई स्पष्ट पार्न र जनस्वास्थ्यमा थप संकट आउन नदिन तत्काल सदनले सरकारलाई मार्ग निर्देशन गर्न अपरिहार्य भएकाले ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना परीक्षणको दायरा बढाउन, क्वारेन्टिनको उपयुक्त व्यवस्थापन गर्न, अस्पताल केन्द्रित तयार गर्न र विदेशबाट आउनेहरुको उचित व्यवस्थापन गर्न नसक्नुले सरकारको गैरजिम्मेवारीपनको उजागर गरेको कांग्रेसले भनाई छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार