देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसमा सहमतिको प्रयास जारी; आज पनि बैठक बस्दै

0

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार (आज) पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने छ । आजको बैठक पनि यसअघिका विषयहरुमा नै केन्द्रीत हुने जनाइएको छ ।

पार्टीको आगामी महाधिवेशनको कार्यतालिका, विभागहरु गठन र भ्रातृसंगठनको भागबन्डालगायतका विषयमा थप छलफल हुने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले साझा खवरलाई जानकारी दिए ।

पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तथा भ्रातृसंगठनहरुको भागबन्डाका विषयमा सहमति हुन नसक्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले यसअघिको कार्यसमिति बैठक बहिष्कार गर्दै आएको थियो ।

महाधिवेशनको कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा सकारात्मक देखिए पनि विभाग गठन तथा भ्रातृ संगठनको भागबन्डाका विषयमा अन्य समूहसँग सहमति हुन सकेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार