देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘२३ सिटमा सिमित कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं’ – ओली

0

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं केपी शर्माओलीले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् ।

अनेरास्ववियूले आयोजित गरेको  कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताए ।

यतिमात्र नभई यस कार्यका लागि तयारीमा लाग्न समेत उनले कार्यकर्तालाई निर्देशन पनि दिएका थिए । युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेकाले  एमालेलाई भोट दिने ओलीको भनाई छ ।

उनले एमाले देशको पहिलो पार्टी भएको पनि बताउँदै संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताए ।

देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको ओलीको भनाई थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार