देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कांग्रेसले आफ्नै कारणले पराजय भोग्नुपरेकोहो’ – नेता बस्नेत

0

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसले आफ्नै कारणले पराजय भोग्नुपरेको बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. २ को ज्यामिरेमानेमा शुक्रबार आयोजित कांग्रेसको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसभित्रको आन्तरिक कारणले कांग्रेसका उम्मेदवारहरू पराजित हुने गरेको बताएका हुन्

‘कांग्रेसले कांग्रेसलाई भोट नहाल्ने । कांग्रेसले गरेका राम्रा काम जनतामा भन्न नसक्ने । कम्युनिस्टले गरेका फट्याइ पनि भन्न नसक्ने । यी तीन कुराले गर्दा कांग्रेस हार्ने गरेको हो’ उनले भने ।

‘नेकपाको दुईतिहाईको सरकार रह्यो । जाँड खाएको हान्ने राँगो जस्तो केपी ओलीको सरकार पनि रह्यो, विकास भएन । भ्रष्टाचार भयो । अधिनायकवाद शैलीमा सरकार चलायो’ उनले भने, ‘यो कुरा हामीले भनेको होइन । माधव नेपालले संसदमा नै बोलेको कुरा हो ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापाले कांग्रेसप्रति जनताको भरोसा बढेर गएको बताउँदै मुलुकको सम्वृद्धि र लोपतन्त्रको रक्षाको लागी काँग्रेसको विकल्प नभएको बताए ।

कार्यक्रममा काँग्रेस नेताहरु भोला बोहरा, टंक कार्की, सुदर्शन आचार्य, लिला नेपाल, प्रेमध्वज लामा, झलक नेपाल, बासु अधिकारी, बिकास तामाङ, सागर श्रेष्ठ, लगायतले समसामयिक राजनितिक बिषयमाथि आफ्नो धारणा राखेका थिए ।

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार