देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले औंल्यायो सरकारका २१ असफलता

0

(काठमाडौं) – प्रतिपक्षी नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले केपी ओली नेतृत्वको सरकारको २१ महिनामा २१ असफलता औंल्याएर उपनिर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले ‘नेपाली कांग्रेसको आह्रवान’ नाम दिएर उपचुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

२२ पृष्ठ लामो उपचुनावी घोषणापत्रमा ‘२१ महिनामा सरकारको २१ असफलता’ भनेर सरकारको कामकारबाहीको आलोचना गरिएको छ । कांग्रेसले उठाउँदै आएका विषयलाई सरकारको असफलता भनेर घोषणापत्रमा लिपिवद्ध गरिएको छ, जसमा राष्ट्रियताको विषय, शान्ति सुरक्षा, विप्लव प्रकरण, वाइडबडडी प्रकरण, होली वाइन प्रकरण लगायत छन् ।

कांग्रेसले औंल्याएको सरकारका २१ असफलता :

१. राष्ट्रियताको प्रश्नमा असफलता

२. संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता

३. सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता

४. संघीयताका बाँकी कार्यभार पूरा गर्नमा असफल

५. कूटनीतिक मामिलामा अपरिपक्वता

६. विप्लव प्रकरण : असफलताको फरक पाठ

७. शान्ति सुरक्षा : निर्मला प्रकरणमा हरायो सरकार

८. मूल्य वृद्धि : धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी

९. वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ

१०. बूढी गण्डकी : कम्युनिस्ट सरकारको राष्ट्रघात

११. मेलम्ची परियोजनामाथि खेलबाड

१२. निजगढ एयरपोर्टको भविष्य अन्यौल

१३. चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न

१४. सरकारको नियतले असफल संवैधानिक परिषद्

१५. शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण

१६. धर्मको प्रश्नमा होली वाइन प्रकरण

१७. गुठी विधेयक : जनशक्तिले झुकाएको सत्ता

१८. सामाजिक सुरक्षा कोष : कर्म कसैको, प्रचार कसैको

१९. बालुवाटार काण्डमा लिलाम नैतिकता

२०. कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो

२१. असहिष्णु अभिव्यक्ति : अराजनैतिक चरित्र
द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार