देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कांग्रेसले काठोर निर्मम निर्णय लिनुपर्ने हुन सक्छ।’ – महामन्त्री थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यायलयलाई अहिलेको अफ्ठ्यारोबाट बाहिर निकाल्न कांग्रेसले कठोर निर्णय लिनुपर्ने बताएका छन्।

शुक्रवार गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले अदालतलाई अहिलेको अफ्ठ्यारोबाट बाहिर निकाल्नु कांग्रेसको धर्म भएको बताउँदै भने ‘कि त्यहाँ भित्र संवादबाट स्थिती सामान्य हुनुपर्छ, होईन भने नेपाली कांग्रेसले काठोर निर्मम निर्णय लिनुपर्ने हुन सक्छ।’

अदालतका प्रमुखले अदालतलाई सही ढंगले चलाउन सक्नु भएन भने प्रमुख त्यहाँबाट हट्नुपर्छ र अदालत सही ढंगले चल्नुपर्ने उनले बताए। ‘त्यो निर्णय गरेर यो विषयलाई कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आउँछ’ उनले भने।

संसदलाई बन्धक बनाएर एमाले अध्यक्ष केपी ओली गाउँ डुलेर हिँडेको आरोप लगाएका छन्। ‘संसदबाट पारित गर्नुपर्ने दर्जौनौँ कुरा छ’ उनले भने ‘अब संसद चलाउने विषयमा छलफल संवाद हुन्छ, होईन भने भण्डाफोर हुन्छ।’

‘हामी सरकार चलाउने पार्टी हो केही ठाउँमा झुक्नुपर्छ झुक्छौँ, संसद चलाउने विषयमा बिनम्र हुनुपर्छ हुन्छौँ’ थापाले भने ‘सांसदले संसदमा बोल्ने हो, चोक र चौतारीमा होईन।’ नेपाल कम्यूनिष्ट पार्टीले थिलथिलो पारेको ब्यवस्था र अवस्थालाई कांग्रेसले सम्हाल्ने बेला आएको उनले बताए।

न्यायलयलाई अहिलेको अफ्ठ्यारोबाट बाहिर निकाल्न कांग्रेसले कठोर निर्णय लिनुपर्ने महामन्त्री थापाले बताए। अदालतलाई अहिलेको अफ्ठ्यारोबाट बाहिर निकाल्नु कांग्रेसको धर्म भएको बताउँदै उनले भने ‘कि त्यहाँ भित्र संवादबाट स्थिती सामान्य हुनुपर्छ, होईन भने नेपाली कांग्रेसले काठोर निर्मम निर्णय लिनुपर्ने हुन सक्छ।’ अदालतका प्रमुखले अदालतलाई सही ढंगले चलाउन सक्नु भएन भने प्रमुख त्यहाँबाट हट्नुपर्छ र अदालत सही ढंगले चल्नुपर्ने उनले बताए। ‘त्यो निर्णय गरेर यो विषयलाई कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आउँछ’ उनले भने।

एक फरक प्रशङ्गमा थापाले भने ‘हाम्रो पार्टीलाई संग्राहालयमा पुर्‍याईदिन्छौँ भनेको कुरा हामीले बिर्सिएका छैनौँ अब कांग्रेसका कार्यकर्ताले रुख बाहेक अन्यत्र छाप लगाउनुपर्ने अवस्था आउँदैन।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार