देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान गर्ने

0

काठमाडौँ – नेपाली कांग्रेसले आगामी कार्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वहरुको अवसरमा कार्तिक ११ गते शनिबार पार्टी मुख्यालय बीपी स्मृति भवन सानेपामा चियापान गर्ने भएको हो ।

दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापानको कार्यक्रम राखिएको कांग्रेसले विज्ञप्ति जारी गरी जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार