देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले टिकट नपत्याएका स्वतन्त्र उम्मेदवारले मेयरमा कांग्रेसलाई नै हराए

0

काठमाडौं – जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत मेयरमा विजयी भएका हुन् ।

कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदमबहादुर शाहीले दुई हजार तीन सय ४१ मत ल्याएर पराजित भए ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले २ हजार आठ सय आठ मत मत प्राप्त गरेकी छन् । नगर उपप्रमुखका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेदवार पूर्णिमा विकले एक हजार ६ सय ३३ मत प्राप्त गरे ।

कठायतले चन्दननाथ नगरपालिकामा कांग्रेसले आफूलाई टिकट नदिएको भन्दै कांग्रेसको महासमिति सदस्यबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवार दर्ता गराएका थिए । कठायतले एकीकृत समाजवादी र राप्रपासँग गठवन्धन गरेर विजयी भएका हुन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार