देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले पुस १६ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरूद्ध प्रदर्शन गर्ने तयारी गरेको छ । कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको हो ।

मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता वीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बिहीबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकले सरकारविरूद्ध प्रदर्शनबारे निर्णय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा भंग गरेकोमा उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । पार्टीबाट प्रधानमन्त्रीको उक्त कदमविरूद्ध शशक्त प्रतिरोध गर्नुपर्ने कांग्रेसका केन्द्रीय सदस्यहरूले धारणा राख्दै आएका छन् ।

केन्द्रीय समिति बैठक बिहीबार १ बजे पुन: बस्ने गरी आजलाई स्थगित भएको छ । कांग्रेसले पुस १६ गते मेलमिलाप दिवसका दिन पनि कार्यक्रम गर्ने तयारी गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार