देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम गर्दै

0

काठमाडौं – नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नीतिगत प्रतिस्पर्धा अर्थात् पोलिसी ह्याकथन कार्यक्रम आयोजना गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले युवा र नीति निर्माण प्रक्रियाबीचको खाडल हटाउन पोलिसी ह्याकाथन कार्यक्रम आयोजना गरेको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

प्रतियोगितामा नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत ४० वर्ष उमेरसम्मका नेपाली नागरिकले भाग लिन पाउने उनले बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा खुल्ला गरिएको आवेदन भाद्र ३ गते बन्द हुने, भाद्र पाँच गते १० टोली छनोट हुने र भाद्र ९ गते पार्टी कार्यालयमा फाइनल हुने परियारले बताए । सहमहामन्त्री परियारका अनुसार प्रतियोगितामा पहिलो हुनेले तीन लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार प्राप्त गनेछन् ।

‘नेपालको कुल जनसंख्याको अधिकांश हिस्सा युवा जनसंख्याले ओगटेको छ । यद्यपि नेपालमा नीति निर्माण प्रक्रियामा युवा अर्थपूर्ण सहभागिताबाट वञ्चित छन । हाल, विद्यमान केही नीतिहरूले नेपाली युवाले सामना गरिरहेका आवश्यकता र चुनौतीहरूलाई सम्बोधन गर्दैनन् । यो नीतिगत अन्तरले राष्ट्रलाई युवा जनसंख्याको प्रतिभा, दृष्टिकोण र ऊर्जाबाट वञ्चित गरेर समग्र र दिगो विकासमा बाधा पुर्‍याउँछ । नेपाली कांग्रेसले देखेको “समुन्नत नेपाल, सम्मानीत नेपाली” को लक्ष्य हासिल गर्न युवाहरूलाई नीति निर्माण र छलफलमा सक्रिय रूपमा संलग्न गर्न अपरिहार्य छ । युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउन नेपाली कांग्रेसले पोलिसी ह्याकाथन आयोजना गर्दैछ । यो पोलिसी ह्याकाथन युवाहरूको उर्जा, रचनात्मकता र अन्तरदृष्टि ग्रहण गर्ने संयन्त्र हो ।’ काँग्रेसले शनिबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रेस नोटमा अगाडी भनिएको छ ‘यस पोलिसी ह्याकाथनमा सहभागी युवाहरूले Gig Economy र Climate Action सम्बन्धी नीतिगत मुद्दाहरूलाई पहिचान र संवोधन गर्न नवीन समाधानहरूको खोजी गर्नेछन, विचार मन्थन गर्नेछन । जसमा आफुले उठान गरेका विषयको अबस्था विष्लेषण, नीतिगत समस्या र चुनौती, समाधानका उपायहरू समावेश हुनेछन । नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थी लगायत विभिन्न पृष्ठभूमिका ४० वर्ष उमेरसम्मका ३-५ नेपाली नागरिकहरूको यस ह्याकाथनको टोलीले भाग लिन सक्नेछन ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार