देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

0

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। २०७८ चैत्र ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको कांग्रेस कार्यालयले जानकारी दिएको छ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने जानकारी दिइएको छ। यस्तै बैठकमा चैतभर कांग्रेसले गाउँगाउँमा सञ्चालन गर्ने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षासमेत गरिने कांग्रेस कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै बैठकमा संसदीय समिति गठनको विषयमा पनि छलफल गरिने छ। बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन सूचना पठाइसकिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार