देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले भूकम्प पीडितका लागि ५० लाख दिने

0

काठमाडौं – नेपाली कांग्रेसले यसै क्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

कांग्रेसले जाजरकोटमा गएको भूकम्पमा परी भएको मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको भन्दै यस्तो निर्णय गरेको हो ।

काँग्रेसले समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न अपील समेत गरेको छ ।

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न कांग्रेसले अपीलसमेत गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार