देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले सरकार विरुद्ध २९ मंसीरमा देशभर प्रदर्शन गर्ने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाण्डौं – प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ। शुक्रबार बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको शुक्रबारको बैठकले सरकारविरुद्ध सडक र संसद दुवैतिर संघर्ष गर्ने निर्णय गरेको हो। आउँदो २९ मंसीरमा देशव्यापी प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको छ।

यस्तै बैठकले संघीय संसदको बैठक अविलम्ब बोलाउन पनि माग गरेको छ। ‘वर्तमान कम्युनिष्ट सरकार निरन्तर रूपमा दमन, भ्रष्टाचार र कोभिड-१९ को अव्यवस्थापनको पर्यायवाची बनेको छ। यी विषयहरूमा नेपाली कांग्रेसले निरन्तर रूपमा सरकारलाई खबरदारी गर्दै आएको छ, यसका बावजुद देशमा यी प्रवृत्तिहरू घट्नुको साटो बढ्दो छ’, कांग्रेसले भनेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा ‘सरकारको अधिनायकवादी चिन्तन र व्यवहार, प्रतिगमनका आकांक्षाहरू र सबैखाले भ्रष्टाचार एवं बेथितिविरुद्ध कांग्रेस सडकदेखि संसदसम्म प्रस्तुत हुन लागेको’ उल्लेख छ।

‘बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेको तथ्यमा हामी प्रष्ट छौं’, विज्ञप्तिमा उल्लेख छ।

गत बुधबार तनहुँमा आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको घटना तथा देशका विभिन्न भागमा पटक–पटक सरकारबाट भएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध संघर्ष गर्न लागेको कांग्रेसले जनाएको छ। त्यस्तै कोभिड-१९ महामारी नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अरु भ्रष्टाचारका काण्ड र बेथितिविरुद्ध २९ मंसीरमा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ।

‘राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरूमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्दछौं’, कांग्रेसले भनेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार