देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा आङ्देम्बे निर्वाचित

0

काठमाडौँ – नेपाली कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् ।प्रतिस्पर्धी विकास लामालाई ७९८ मतान्तरले हराउँदै आङ्देम्बे निर्वाचित भएका हुन् ।

विजयी आङ्देम्बेले २ हजार ७११ मत पाए भने लामाले १ हजार ९१३ मत ल्याए । तर मतपरिणाम औपचारिक घोषणा बाँकी छ ।

०७० को भएको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएर काम गरेका थिए । हाल उनी कांग्रेसको अनुशासन आयोगका संयोजक हुन् ।

राजनीतिक घरानाका नेता आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भएका थिए । पराजित लामा सिन्धुपाल्चोकका जिल्ला सभापति हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार