देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस उम्मेदवारहरुका लागि ६ बुँदे आचार संहिता जारी, प्रचार प्रसारमा कडाइ

0

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको निर्वाचन समितिले उम्मेदवारहरुका लागि आचार संहिता जारी गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले उम्मेदवार रहने केन्द्रीय कार्यसमितिका पदाधिकारी ,केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र शुभेच्छुकहरुका लागि आचार संहिता जारी गरेका हुन् ।

६ बुँदामा जारी आचार संहितामा उम्मेदवारको प्रचार प्रसार गर्दा सामान्य भिजिटिङ कार्ड र सामान्य अपिल मात्र वितरण गर्न सकिने उल्लेख छ ।

त्यस्तै कसैको व्यक्तिगत चरित्रमा लाल्छना लाग्ने गरी प्रचार प्रसार नगर्न साथै मर्यादित, अनुशासित र संयमित भइ शान्तिपूर्ण रुपमा प्रचार गर्न अनुरोध गरिएको छ ।

केन्द्रीय पार्टी कार्यालय र महाधिवेशनस्थल अर्थात निर्वाचन क्षेत्रको ५०० मिटर भित्र निर्वाचनसँग सम्बन्धीत प्रचार सामग्री वा माइकिङ गर्न नपाइने भएको छ । कांग्रेसको १४औं महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार