देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दुध झर्छ भन्नु उस्तै हो,’ – लिङदेन

0

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दुध झर्छ भन्नु उस्तै भएको बताएका छन् ।

गोरखामा आयोजित आमसभामा बोल्दै उनले भने ‘कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दुध झर्छ भन्नु उस्तै हो,’ उनले भने, ‘यस्तो मुर्खता अब गर्नु हुँदैन।’

‘कुनै कांग्रेस एमाले र माओेवादीका साथीहरुले हात उठाएर भन्न सक्नुहुन्छ कि अब शेरबहादुर देउवालाई कतिचोटि र कति वर्ष प्रधानमन्त्री बनायो भने यो देश बन्छ?,’ लिङ्देनले भने, ‘देउवा, ओली र प्रचण्डलाई कतिचोटि र कति वर्ष अब प्रधानमन्त्री बनाइदियो भने देश बनाउँलान्? त्यसकारण फेरि पनि उनीहरुकै पार्टीलाई भोट दिएर गल्ती गर्नु हुँदैन।’

ठूला दललाई भोट दिएर देश बन्छ भनेर गल्ती गर्न नहुने उनले बताउँदै भने ‘नेता चोरै हो भन्ने कुरा थाहा हुँदाहुदै आफ्नो पार्टी पर्‍यो हात अर्कोतिर लाग्दैन भन्दै त्यही रुख, त्यही सूर्य, त्यही हँसियाहथौडामा भोट दिइराख्ने हो भने हामी आफू त बर्बाद भयौँ, हाम्रो भाबी सन्ततिको भविष्यसमेत बर्बाद बनाउनेछौं।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार